Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नागढुंगा सुरुङमार्गबाट सवारी काठमाडौँ पठाइँदै


2.8K
Shares

नागढुंगा सुरुङमार्गबाट सवारी काठमाडौँ पठाइँदै

काठमाडौँ, १३ असोज । नागढुंगा सुरुङमार्गको पश्चिम पोर्टलतर्फ रोकिएका मालवाहक तथा यात्रुवाहक सवारी सुरुङबाट काठमाडौँतर्फ पठाइएको छ ।

बाढी, पहिरोका कारण नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध भएपछि आवत जावतमा समस्या भएको थियो । त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्थानीय सरकारको समन्वयमा सवारी काठमाडौँ पठाउन थालिएको हो ।

बिहीबारदेखि लगातार परेको वर्षाका कारण देशैभरका राजमार्ग अवरुद्ध भएका छन् । नागढुंगा–मुग्लिन सडकखण्डका विभिन्न क्षेत्रमा पहिरो जाँदा सवारीको चाप निकै बढेकाले उक्त सुरुङ प्रयोग गरिएको मन्त्रालयले जनाएको छ । सवारी पठाइए पनि यो सुरुङ निर्माण कार्य सम्पन्न भएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology