Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भारतमा ४६ जनाको डुबेर मृत्यु


1.8K
Shares

भारतमा ४६ जनाको डुबेर मृत्यु

एजेन्सी, ११ असोज । पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ । विहारमा रहेका नदी र पोखरीमा धार्मिक स्नान गर्दा उनीहरू डुबेका थिए ।

बाढीका कारण १५ जिल्लामा भएको यो घटना जितिया पर्व मनाइरहेका बेला भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विहारका अधिकारीहरूका अनुसार अझै केही शव निकाल्न बाँकी छ ।

सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् । अघिल्लो वर्ष पनि जितिया मनाउने क्रममा २ दिनमा २२ जनाको डुबेर ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology