काठमाडौं,८ असोज । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । यसदिन एक तोला सुनको मूल्य एक लाख ६० हजार रूपैयाँ नजिक पुगेको छ ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि गत आइतबार र सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । सोमबार सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५९ हजार सात सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार प्रतितोला १९ सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १९ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।