Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

मानव सेवा आश्रम गोरखाको भवन निर्माणको लागी करिब ४२ लाख संकलन


2.4K
Shares

मानव सेवा आश्रम गोरखाको भवन निर्माणको लागी करिब ४२ लाख संकलन

गोरखा, ७ असोज । गोरखा बजारमा निर्माणाधिन मानव सेवा आश्रमको भवनको सहयोगार्थ राजधानीमा भएको एक कार्यक्रममा करिब ४२ लाख रुपैयाँ  संकलन भएको छ ।

गोरखाबाट गएर विभिन्न पेशा अपनाएका सर्व साधारणहरुबाट भवन निर्माणको लागि ४१ लाख २४ हजार ७१७ रुपैयाँ संकलन भएको मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

गएको शनिबार राजधानीको रानिबनमा रहेको आश्रममा भएको कार्यक्रममा काँभ्रे जिल्ला धुलिखेल निवासी हरिगोल रन्जिकार, गोरखा जिल्ला घरभई हाल राजधानी बस्दै आएका बावुराम अधिकारी र ईन्द्रकुमारी अधिकारी, जोगेनबाबु श्रेष्ठ र दाजुभाई, हरि बाबु मास्के एवं परिवार, सृजनासिंह तथा परिवार गरी ५ जनाबाट भवनको कोठा निर्माणका लागि जनही ५ लाख ११ हजार १११ रुपैयाँ सहयोग हस्तान्तरण भएको पनि अध्यक्ष अधिकारीले बताउनुभयो ।

त्यसका साथै सोही कार्यक्रममा पदम गुरुङले मानवसेवा आश्रम गोरखाको सेवा सहजताका लागि ५ बर्षको लागि बार्षिक १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको थियो ।

त्यस बाहेक पनि नवराज अमगाईले २ लाख ६५ हजार, विपिन मल्ल र रामगोपाल श्रेष्ठले जनही १ लाख ५१ हजार १११ र रुद्र बगालेले १ लाख १ हजार १११ रुपैया भवननिर्माणको लागि आर्थिक सहयोग उपलब्ध गराएको आश्रमले जानकारी दिएको छ ।

हाल गोरखा नगरपालिका–६ को खोपीधारामा भाँडाको घरमा सञ्चालित आश्रममा विभिन्न जिल्लाबाट उद्वार गरी ल्याईएका बालगोपालहरु बस्ने गरेका छन् ।

गोरखा नगरपालिका–८ को खोलखोले क्षेत्रमा शाखाको भवननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिब ४ करोड लगानी भइसकेको उक्त भवनलाई पुर्णता दिन थप १ करोड आवश्यक पर्ने भवन निर्माण समितिका संयोजक एवं अभिभावक परिवारका सह–संयोजक ईश्वरकाजी मास्केले बताउनुभयो ।

कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले मानवसेवा आश्रमको स्थापना, सेवा विस्तार र १२ बर्षको मुख्य उपलब्धीहरु सहित गोरखामा भइरहेको सेवाबारे उपस्थित सबैलाई जानकारी गराएका थिए ।

मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष अधिकारीज्यूको अध्यक्षतामा भएको कार्यक्रममा मानवसेवा आश्रमका अभिभावक एवं नेपाल सरकारका पुर्व उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

मानवसेवा आश्रमले २०८२ सालभित्र खुला आकाशमुनी सडकपेटी र सार्वजनिक स्थलहरुमा कसैलेपनि कष्टपूर्ण जिवन निर्वाह गर्न नपरोस भन्ने उद्वेश्य सहित देशब्यापी रुपमा सेवा प्रवाह गर्दै आइरहेको विशुद्ध सामाजिक संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology