Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पक्राउ परेका दुर्गा प्रसाईं राति नै अस्पताल भर्ना


2.6K
Shares

पक्राउ परेका दुर्गा प्रसाईं राति नै अस्पताल भर्ना

काठमाडौं, ७ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्। साइबर अपराधमा आइतबार पक्राउ परेका प्रसाईं सोही राति नै अस्पताल भर्ना हुनुभएको छ ।

विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ पर्नुभएको उहाँलाई प्रहरीले अस्पताल भर्ना गरेको साइबर ब्यूरोले जानकारी दिएको छ ।

ब्यूरोका अनुसार स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि चिकित्सकको सल्लाहमा उहाँलाई वीर अस्पताल भर्ना गरिएको हो।

प्रसाईं हिजो भक्तपुरस्थित घरबाट पक्राउ परेका हुन् । उनीविरुद्ध सामाजिक सञ्जालमा एक जना महिलाको चरित्र हत्या हुनेगरी अभिव्यक्ति दिएको आरोप छ ।

प्रहरीले उनीबिरुद्ध अनुसन्धानका लागि तीन दिनको म्याद लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology