Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अस्कर अवार्डमा नेपालबाट शाम्बालाु छनोट


1.7K
Shares

अस्कर अवार्डमा नेपालबाट शाम्बालाु छनोट

काठमाडौं, ६ असोज । ९७ औं एकेडेमी अवार्ड अस्करका लागि नेपालबाट फिल्म शाम्बाला छनोट भएको छ । अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति ९नेपाल०ले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।आवेदन दिनको लागि जारी गरिएको सूचनामा दिइएको समयभित्र शाम्बालाले मात्रै आवेदन दिएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, चलचित्र एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम अब्बल दर्जाको सिर्जना रहेकोमा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बनोट आदि समेतलाई दृष्टिगत गरि उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति शाम्बालालाई छनोट गरिएको छ ।

अस्कर अवार्ड आगामी मार्चमा अमेरिकाको लस–एन्जलसमा हुँदैछ । मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ भदौ २८ देखि प्रदर्शनमा आएको छ। दोस्रो सातामा प्रदर्शनरत फिल्मले दर्शकको साथ पाइरहेको छ । यसमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरूङ, कर्मा शाक्य लगायत कलाकारहरूको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology