Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

खानेकुरामा जिउँदो मुसा भेटिएपछि फ्लाइट डाइभर्ट


2K
Shares

खानेकुरामा जिउँदो मुसा भेटिएपछि फ्लाइट डाइभर्ट

ओस्लो, ६ असोज । यात्रीहरूलाई पस्किने खाजामा जिउँदो मुसा भेटिएपछि स्कान्डिनाभियन एयरलाइन्स ९एसएएस०को एउटा उडान आपत्कालीन अवतरण गरिएको छ । यो घटना गत बुधबारको हो ।

विमान नर्वेको राजधानी ओस्लोबाट स्पेनको मालगातिर जाँदै थियो । यो घटनापछि डेनमार्कको कोपेनहेगनमा विमान आकस्मिक रुपमा अवतरण गराइयो ।

सुरक्षा जोखिमका कारण कम्पनीको प्रोटोकलकै आधारमा विमानको अवतरण गराइएको एसएएसका प्रवक्ता ओएष्टिन श्मिड्टले समाचार संस्था एएफपीलाई भने ।

यात्रीहरूलाई पछि छुट्टै उडानमा मालगा पठाइएको थियो । विमानभित्र मुसा देखिएको मामिलामा विमान सेवा प्रदायकहरूको नियम कडा छ ।

मुसाले तारहरू काट्ने भयका कारण पनि विमानको आकस्मिक अवतरण गर्ने गरिन्छ । तर यस्तो दूलर्भ हुने गरेको श्मिड्टले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology