Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

आजदेखि चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा


1.3K
Shares

आजदेखि चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा

गोरखा, ४ असोज । सरकारले आजदेखि चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालन गरेकोे छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी ४२ जिल्लाका ६३ ठाउँमा माघ २ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालन गरिएको जनाएको छ ।

दसैँ, तिहार, छठलगायत चाडपर्वमा दैनिक उपभोग्य वस्तु सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याइएको कम्पनीले जनाएको छ । काठमाडौँ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष खुला गरेको छ ।

यस्तै, सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमीरगेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँसम्म छुट दिने व्यवस्था गरिएको छ ।

त्यस्तै, जिउँदो खसीबोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको घ्यूमा प्रतिकिलो १० छुट दिइने कम्पनीले जनाएको छ । पर्वोत्सव सहुलियत पसलमा करिब ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिइएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभयो । अनलाइनमार्फत अर्डर लिएर पनि उपभोग्य सामान आपूर्ति गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology