Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

चाडपर्वलाई लक्षित गरि ४९ हजार मेट्रिक टन चिनी आयात गरिँदै


952
Shares

चाडपर्वलाई लक्षित गरि ४९ हजार मेट्रिक टन चिनी आयात गरिँदै

काठमाडौ, ३ असोज ।चाडपर्वलाई लक्षित गरि ४९ हजार मेट्रिक टन चिनी आयात हुने सरकारले जनाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकाअनुसार १९ हजार मेट्रिक टन चिनी ल्याउने जिम्मा ७ वटा कम्पनीले पाएका छन् । जसमध्ये १६ सय मेट्रिक टन चिनी भन्सारमा आइपुगेको छ भने बाँकी पनि आउने क्रममा छ ।

सरकारी निकायले ल्याउने ३० हजार मेट्रिक टनमध्ये १५ हजार मेट्रिक टन चिनी ल्याउने जिम्मेवारी पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसको प्रक्रिया अघि बढाएको छ । थप १५ हजार मेट्रिक टन चिनी ल्याउने जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेसनले ११ दिनको सूचनामार्फत टेन्डर आह्वान गरेको छ ।

तर गत वर्ष सरकारी यी २ निकायलाई १०÷१० हजार मेट्रिक टन चिनी आयातको जिम्मा दिइए पनि आयात गरेका थिएनन् ।

यस वर्ष त्यस्तो अवस्था नआउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दाबी गर्नुभयो । चाडवाडका समयमा चिनीको मूल्य पनि नबढ्ने मन्त्री भण्डारीले बताउनुभयो ।

चाडपर्व लक्षित चिनी आयात हुन थालिसकेको र अभाव नहुने सरकारले दाबी गरे पनि बजारमा भने चिनीको भाउ बढ्न थालिसकेको छ ।

बजारभाउ नियन्त्रणका लागि सरकारले मूल्य तोकेर बजार अनुमगनलाई प्रभावकारी बनाउनुपर्ने उपभोक्ताको माग छ । नेपालमा वार्षिक तीन लाख मेट्रिक टन चिनी खपत हुँदै आएको सरकारी तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology