Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाकी सिमा ब्राउन सुगर सहित राजधानीबाट पक्राउ


1.4K
Shares

गोरखाकी सिमा ब्राउन सुगर सहित राजधानीबाट पक्राउ

गोरखा, ३ असोज । गोरखाकी १ जना महिला सहित २ जनालाई प्रहरीले ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला शहिद लखन गाउँपालिका–६ घैरुङ घर भएकी २५ बर्षिया सिमा गुरुङ र नुवाकोट जिलल बिदुर नगरपालिका–५ का २९ बर्षिय सन्तोष पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

दुवै जनालाई चन्द्रागिरी नगरपालिका–२ को नागढुङ्गामा प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयको संयुत्त टोलीले पक्राउ गरेको जनाएको छ ।

काकडभिट्टादेखी काठमाडौं तर्फ आउदै गरेको बागमती प्रदेश ०१–००६ ख ५६५३ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा सोही बसमा सवार उनीलाई २० ग्राम ब्राउन सुगर सहित प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology