Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

संघिय राजधानीमा बस्ने गोरर्खालीहरु बिच ‘मिट एण्ड ग्रिट’ कार्यक्रम हुदै


1.9K
Shares

संघिय राजधानीमा बस्ने गोरर्खालीहरु बिच ‘मिट एण्ड ग्रिट’ कार्यक्रम हुदै

गोरखा, २ असोज । राजधानीमा बसोबास गर्ने गोरर्खालीहरु बिच ‘मिट एण्ड ग्रिट’ कार्यक्रमको आयोजना गरीएको छ । मानव सेवा आश्रमको भवन निर्माणार्थ सहयोग पुग्ने गरी उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

काठमाडौंको रानिबनमा रहेको मानव सेवा आश्रममा हुने उक्त कार्यक्रम असोज ५ गते शनिबार हुने मानव सेवा आश्रम नेपालका संस्थापक केन्द्रिय अध्यष रामजी अधिकारीले जानकारी दिनुभयो ।

रानिबनमा रहेको आश्रममा हुने कार्यक्रममा उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरमा बस्ने गोरर्खालीहरु भेलामा सहभागी गराउन पत्राचारको काम अन्तिम चरणमा पुगेको पनि अध्यक्ष अधिकारीले बताउनुभयो ।

असोज ५ गते गर्ने भनिएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा जिल्लाबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने उच्च पदस्थ ब्यत्तीहरु तथा समाजसेवी र ब्यापारीहरुको उपस्थिती रहने छ ।

भेलामा सहभागीहुनेहरुले गोरखा नगरपालिका–८ को गोरखा नगरपालिका जाने बाटोमा निर्माधिन मानव सेवा आश्रमको भवन निर्माणर्थ चन्दा सहयोग गर्ने कार्यक्रम रहेको पनि आश्रमका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा गोरखा जिल्लाबाट उपत्यकाको विभिन्न स्थानमा बसोबास गर्नेहरु मध्ये २०० जनाको सहभागीता हुने अनुमान गरिएको छ । सहभागीहरुबाट भवन निर्माण सहयोगार्थ ५० लाखभन्दा बढी रकम उठ्ने अनुमान गरिएको मानव सेवा आश्रमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology