Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

चुमनुब्री गाउँपालिकाले मनास्लु पुग्ने पर्यटकबाट पदयात्रा शुल्क आजबाट उठाउन सुरु


875
Shares

चुमनुब्री गाउँपालिकाले मनास्लु पुग्ने पर्यटकबाट पदयात्रा शुल्क आजबाट उठाउन सुरु

गोरखा, १ असोज । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र पुग्ने पर्यटकबाट पदयात्रा शुल्क आजबाट उठाउन सुरु गरेकको छ । चुमनुब्री गाउँकार्यपालिका बैठकको निर्णय र चुमनुब्री गाउँपालिकाको आर्थिक ऐन (२०८१) बमोजिम मनास्लु संरक्षण क्षेत्र भित्र प्रवेश गर्ने विदेशी तथा स्वदेशी पर्यटकबाट पदयात्रा शुल्क लिन सुरु गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

‘‘पदयात्रा शुल्क उठाउने बिषयमा पकालिका भित्रका जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासंग पनि गाउँपालिकाले आवश्यक छलफल अनुसार निर्णय गरेकको हो उहाँले भन्नुभयो, ‘‘सवैपक्षबिच पदयात्रा शुल्क उठाउनेसन्र्दभमा सर्वसम्मत निर्णय पछि आजबाट शुल्क लिन सुरू गरिएको ।’’

गाउँकार्यपालिका बैठक, चुमनुब्री गाउँपालिका आर्थिक ऐन (२०८१) एवं सर्वपक्षीय निर्णय बमोजिम गाउँपालिकाले पदयात्रा शुल्क उठाउन आवश्यक समन्वय तथा सहजीकरणका लागि पर्यटन विभागबाट पत्र आएपछि आबबाट सुरु गरेको अध्यक्ष लामाले बताउनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले उठाउने पदयात्रा शुल्क गाउँपालिकालाई बाँडफाँड नहुने भएकाले गाउँपालिकाले नै ऐन बनाएर पर्यटकबाट पदयात्रा शुल्क उठाउन लागेको हो ।

‘‘गाउँपालिकाको आन्तरिक स्रोत अत्यन्तै न्युन छ, उहाँले भन्नुभयो, मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले उठाउने शुल्क गाउँपालिकालाई बाँडफाँड नहुने भएकाले गाउँपालिका आफैले पदयात्रा शुल्क उठाउने निर्णय गरेको हो । गाउँपालिकाले विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु १ हजार र नेपाली पर्यटकबाट प्रतिव्यक्ति रु २ सय पदयात्रा शुल्क लिने निर्णय गरेको उहाँको भनाई छ ।

गाउँपालिकाले पदयात्रा शुल्कबाट प्राप्त हुने रकमले चुमनुब्री तथा मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण एवं पर्यटन प्रवद्र्धनमा खर्च गर्ने जनाएको छ । ‘‘पर्यटकबाट पदयात्रा शुल्क उठाएर आम्दानीको स्रोतमात्र बढाउन खोजिएको हैन, अध्यक्ष लामाले भन्नुभयो, ‘‘मनास्लु संरक्षण क्षेत्रमा वातावरण संरक्षण र सम्र्बद्धनमा कसैको ध्यान पुगेको छैन, स्थानीय सरकारले फोहोर व्यवस्थापन र सरसफाईमा पनि विशेष ध्यान दिन लागेको पनि हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology