Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा


1.4K
Shares

आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

गोरखा, ३१ भदौ । सरकारले आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै आज मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने जानकारी गराएको हो ।

२०८० साल माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मोहम्मद जयन्ती (मोहम्मद दिवस) का दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था भएको सन्दर्भमा मुस्लिम आयोगबाट मोहम्मद जयन्ती (मोहम्मद दिवस) आज परेको भनी जानकारी प्राप्त भएकाले मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology