Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

पत्रकार महासंघको चुनाव उम्मेदवारको मनोनयन दर्ता असोज ४ देखि सुरू


1.8K
Shares

पत्रकार महासंघको चुनाव उम्मेदवारको मनोनयन दर्ता असोज ४ देखि सुरू

काठमाडौं, ३० भदौ । नेपाल पत्रकार महासंघको चुनाव असोज १२ गते हुँदैछ । जिल्ला, प्रदेश र संघमा एकै दिन निर्वाचन हुनेछ । त्यसका लागि असोज ४ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका प्रकाशित भएको छ ।

मतदाता नामावली शनिबार साँझ नै प्रकाशित भइसकेको छ । शुद्धीकरण गर्ने अभियान चलाएको महासंघले पुरानै सूची सार्वजनिक गरेको छ ।

उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । असोज ४ गते अपराह्न ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । प्रदेश समितिको मनोनयन दर्ता असोज ८ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।

साथै संस्थागत समिति, जिल्ला शाख र प्रतिष्ठान शाखाको मनोनयन दर्ता असोज १० गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । मतदान असोज १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology