Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखा यातायात ब्यवसायी सहकारीको दोस्रो साधारण सभा आज सम्पन्न


1.1K
Shares

गोरखा यातायात ब्यवसायी सहकारीको दोस्रो साधारण सभा आज सम्पन्न

गोरखा, २९ भदौ ।  गोरखा यातायात व्यवसायी सहकारी संस्था लि गोरखाले दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थापक अध्यक्ष नारायण खत्री प्रमुख आतिथ्यतामा साधारण सभामा सम्पन्न सम्पन्न भएको हो ।

साधारण सभामा सचिव एकराज उपाध्यायले प्रगती प्रतिवेदन र कोषाध्यक्ष ज्ञानकाजी श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारण सभामा शुभ कामना मन्तब्य राख्खै प्रमुख अतिथि खत्रीले व्यवसायिक सहकारीको रुपमा आबद्ध शेयर धनीहरु बीच बचत गर्ने बानीको विकास गर्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा शेयर धनीहरु दीपक बोहोरा र अन्जन खत्री समेतले शुभकामना मन्तव्य राखेका थिए ।

गणेश बानियाँको अध्यक्षतामा सम्पन्न साधारण सभाले आगामी बर्ष शेयरधनीहरुको हितमा गर्ने विभिन्न कार्यहरु सर्व सम्मत रुपमाले पास गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology