Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गाजामा पहिलो चरणमा ५ लाख ६० हजार बालबालिकालाई पोलियो विरुद्धको खोप


2.1K
Shares

गाजामा पहिलो चरणमा ५ लाख ६० हजार बालबालिकालाई पोलियो विरुद्धको खोप

एजेन्सी, २९ भदौ । गाजा पट्टीमा पहिलो चरणमा १० वर्ष मुनिका ५ लाख ६० हजारभन्दा बढी बालबालिकालाई पोलियो विरुद्ध खोप लगाएका छन् । संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले गाजाको उत्तरी, मध्य र दक्षिणी क्षेत्रहरूमा पहिलो चरणको आपतकालीन खोप अभियान सम्पन्न भएको जनाएको छ ।

ओसीएचएले उत्तरी गाजामा मात्रै संयुक्त राष्ट्र संघ र यसका साझेदारहरूले तीन दिनमा १ लाख १२ हजारभन्दा बढी बालबालिकालाई खोप लगाएको जनाएको छ । कार्यालयले आफ्ना साझेदारहरूले करिब चार हप्तामा दोस्रो चरणको खोप अभियान सुरु गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology