Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

अकोराबको १८ औँ वार्षिक साधारण सभा तथा अधिवेशन आजदेखि सुरु


1.5K
Shares

अकोराबको  १८ औँ वार्षिक साधारण सभा तथा अधिवेशन आजदेखि सुरु

गोरखा, २८ भदौ । देशभरका सामुदायिक रेडियोहरूको छाता सङ्गठन, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको १८ औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन तथा सामुदायिक रेडियो अन्तराष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । अकोराब देशभर सञ्चालनमा रहेका ३ सय ६५ सामुदायिक रेडियाहरूको छाता सङ्गठन हो ।

नेपाल निर्देशन ऐन २०१८ अन्र्तगत दर्ता भएको सङ्घले सामुदायिक रेडियोको हक, हित र अधिकारका पक्षमा पैरवी गर्दै आइरहेको छ । देशभरका सामुदायिक रेडियो अभियन्ता तथा विदेशवाट समेत सामुदायिक रेडियोका विज्ञ, अनुसन्धादाताहरु सहभागी रहने सम्मेलनमा सामुदायिक रेडियोले हासिल गरेका उपलब्धि एवं रेडियोले भोग्नु परिरहेका चुनौतिका साथै सामुदायिक रेडियोको आगामी योजनाका विषयमा समेत छलफल हुने महासचिव किशोरजङग थापाले जानकारी दिनुभयो ।

समुन्नत समाज निर्माणमा सामुदायिक रेडियोको भूमिका, प्रसारण प्राथमिकताका क्षेत्रहरू, दिगो विकासका साथै विद्यमान परम्परागत हानिकारक अभ्यासको अन्त्यका लागि सामुदायिक रेडियोको बुझाइ र योगदानको विषयमा पनि सम्मेलनमा छलफल हुने उहाँले बताउनुभयो ।

सामुदायिक रेडियो प्रसारक सङ्घ तथा सदस्य सामुदायिक रेडियोको भावी कार्यदिशा, प्रतिवबता र विभिन्न निकायसँग सहकार्यका सन्दर्भमा काठमाडौँ घोषणा पत्र जारी गर्दै सम्मेलन सकिनेछ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान केन्द्र, जावलाखेल, ललितपुरमा सुरु हुने सम्मेलनको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुहुने छ । अधिवेशनबाट अकोराबको नयाँ नेतृत्व पनि चयन हुने अध्यक्ष अर्जुन गिरीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology