Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा अन्येष्टी गर्न घाटमा पु¥याइएको शव प्रहरीद्धारा नियन्त्रण


2.8K
Shares

गोरखामा अन्येष्टी गर्न घाटमा पु¥याइएको शव प्रहरीद्धारा नियन्त्रण

गोरखा, २६ भदौ ः गोरखामा अन्येष्टीका लागि घाटमा पु¥याइएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । पालुङटार नगरपालिका–५ स्थित मस्याङ्दी नदीको किनारमा अन्येष्टी गर्न लागिएको ५० बर्षीया कल्पना बुढाको शव सोमवार अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
दाङको घोराही उपमहानगरपालिका–८, घरभएकी बुढा गएको दुई बर्षदेखि पालुङटारको बेलटार बस्दै आउनु भएको थियो । ‘‘यहीँ भदौ २३ गते अचानक बिरामी भएपछि उहाँलाई तनहुँको तुरतुरेस्थित गोरखा पोलिक्लिनिक सामुदायिक अस्पतालमा उपचारका लागि पु¥याएको रहेछ, उहाँले भन्नुभयो,‘‘राती ११ बजे निको भएर घर फर्किएकी बुढाको विहान ४ बजे मृत्यु भएपछि आवश्यक प्रक्रिया नै पुरा नगरी शवको अन्त्येष्टी गर्न लागेको थाहा पाएपछि नियन्त्रणमा लिइएको हो ।’’
इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिईको प्रहरीको अनुसन्धान टोलीले घाटमा पुगेर मुचुल्कालगायतका सवै प्रारम्भिक अनुसन्धान गरेर मृतकको शव पोष्टमार्टमको लागि गोरखा अस्पताल पठाएको थियो । शवको पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ । उक्त घटनाको थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology