काठमाडौँ, २५ भदौ । चार लाख ५० हजार रुपैया घुस लिने वडाध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर२४ का वडाअध्यक्ष उपेन्द्र सहनीसहित तीन जना घुस रकमसहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडाध्यक्ष सहनी, वडा सचिव उपेन्द्र साहसमेतले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग चार लाख ५० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा वडाध्यक्षको कार्यकक्षबाट नियन्त्रणमा लिइएको छ ।