गोरखा, २५ भदौ । नेपालको पहिलो केबलकार मनकामना केबलकार असोज १ गतेबाट पुन ः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रा
.लि.ले डिजिटल प्रणालीमा स्तरोन्नतिका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरेको थियो ।
२६ बर्षदेखि एनालग अपरेटिङ सिस्टमबाट सञ्चालन हुदैँ आएको केबलकार डिजिटल डि कनेक्ट सिस्टममा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रा।लि।ले जनाएको छ ।
अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका दक्ष इन्जिनियर तथा प्राविधिकहरुबाट डिजिटल प्रणालीमा रुपान्तरण गर्ने कार्य सम्पन्न भई परिक्षण समेत भइसकेको कमपनीले जनाएको छ ।