Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

विदेशबाट आउने नागरिकलाई तत्काल परिवारको सम्पर्कमा नजान सरकारको अनुरोध


1.5K
Shares

विदेशबाट आउने नागरिकलाई तत्काल परिवारको सम्पर्कमा नजान सरकारको अनुरोध

गोरखा,२५ भदौ । नेपालमा पनि मङ्कीपक्सको जोखिम रहेको भन्दै विदेशबाट आउने नागरिकलाई तत्काल परिवारको सम्पर्कमा नजान सरकारले अनुरोध गरेको छ ।

नेपालमा चाडपर्व सुरु भइसकेको र अब विभिन्न देशमा रहेका नेपाली स्वदेश फर्किने क्रम बढ्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्सको जोखिम कम गर्न विदेशबाट आएका व्यक्ति र परिवार सचेत हुनुपर्ने बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गत वर्ष नेपालमा एकजना विदेशी महिलामा यो सङ्क्रमण देखिएकाले यस वर्ष विशेष सतर्कता अपनाइएको दाबी गर्नुभयो ।

छुँदा मात्र नभइ एउटै ओच्छ्यान प्रयोग गर्दा पनि मङ्कीपक्सको सङ्क्रमण सर्ने भएकाले विशेष ध्यान दिन सरुवा रोग विशेषज्ञहरूले आग्रह गरेका छन् । यो वर्ष मङ्कीपक्सको सङ्क्रमण १ सय ६० प्रतिशतले बढेको र हालसम्म ३४ देशका साढे १५ हजारभन्दा धेरैमा पुष्टि भएको मङ्किपक्सका कारण पाँच सय ३७ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology