Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

पछिल्लो पाँच वर्षमा चट्याङ लागेर ३ सय ३१ जनाको मृत्यु


1.2K
Shares

पछिल्लो पाँच वर्षमा चट्याङ लागेर ३ सय ३१ जनाको मृत्यु

गोरखा, १९ भदौ । पछिल्लो पाँच वर्षमा चट्याङ लागेर ३ सय ३१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार २०७७ साल भदौदेखि हालसम्म ३ सय ३१ जनाको चट्याङ लागेर मृत्यु भएको हो ।

यो अवधिमा चट्याङ लागेर १ हजार २ सय ५ जना घाइते भएका छन् । चट्याङका कारण २ हजार ९ सय ९५ पशुबस्तु मरेका छन्् भने ४० वटा भौतिक संरचना नष्ट भएका छन् । यस्तै ५ करोड ७० लाखको आर्थिक क्षतिसमेत भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

यो वर्ष मनसुनमा मात्रै चट्याङ लागेर ४६ जनाको मृत्यु भइसकेको छ भने १ सय ४७ जना घाइते भएका छन् । चट्याङबाट हुने जनधनको क्षति बढिरहँदा विज्ञहरूले भने यसबारे चेतना बढाउनुपर्नेमा जोड दिएका छन् ।

चट्याङ विज्ञ, श्रीराम शर्माले चट्याङ पर्ने समयबारे जानकारी दिन सके र सो समयमा सावधानी अपनाउन सके धेरै हदसम्म क्षति घटाउन सकिने बताउनुभयो । पछिल्लो एक अध्ययनले चट्याङका दृष्टिले नेपाल विश्वकै चौथो उच्च जोखिमयुक्त मुलुक भएको देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology