गोरखा, १९ भदौ । तनहुँको आबुखैरैनि गाउँपालिका ३ चिसापानिस्थित पृथ्बीराजमार्गमा आज बिहान ट्रक र स्कुटर आपसमा ठोक्कीदा स्कुटर चालक घाईते भएका छन् । घाईते हुनेमा गोरखा नगरपालिका १२ का २५ बर्षका लक्ष्मण सुनार रहेको तनहुँ प्रहरीले जनाएको छ । डुम्रेबाट आबुखैरेनि जाँदै गरेको ग १९ प ७४५९ नम्बरको स्कुटर र बिपरित दिशाबाट आएको ग १ क २१४१ नम्बरको मिनिट्रक आपसमा ठक्कर खाँदा स्कुटर चालक सुनार घाईते हुनुभएको हो । उहाँको बाँया खुट्टमा चोट लागेको र आँबुखैरेनि अस्पतालमा उपचार भईरहेको छ । मिनिट्रक चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।