गोरखा, १८ भदौ । गोरखामा अवैध लागू औषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको धार्चे गाउँपालिका–७ घर भएका १९ बर्षीय रुपेश घलेलाई शंकास्पद लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखा सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गोरखा सदरमुकामस्थित जिविस चोकमा डियुटीमा खटिएको प्रहरीले घलेलाई शंकास्पद अवस्थामा फेला परेपछि खानतलासी गर्दा उनको साथबाट लागूऔषध ट्रामाडोल क्याप्सुल बरामद् भएको उहाँले बताउनुभयो ।
पक्राउ परेका घले बिरुद्ध आज लागू औषध (नियन्त्रण) ऐन २०३३ अनुसार मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको हो । घलेलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीले जिल्ला अदालत गोरखाबाट म्याद थप गरि थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।