Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाको गण्डकी गाउँपालिकाद्धारा घरदैलोमा सेवा पु¥याउन तीनवटा वडामा सेवा केन्द्र विस्तार


2.8K
Shares

गोरखाको गण्डकी गाउँपालिकाद्धारा घरदैलोमा सेवा पु¥याउन तीनवटा वडामा सेवा केन्द्र विस्तार

गोरखा, १८ भदौ । गोरखाको गण्डकी गाउँपालिकाले भौगोलिक जटिलताका कारण नागरिकले सेवा प्रवाहमा कठिनाई भोग्दै आएका तीनवटा वडामा सेवा केन्द्र विस्तार गरेको छ । गाउँपालिकाले पालिकाको वडा नम्बर २, को आँपटार र वडा नम्बर ६, को पल्लोटार र वडा नम्बर ५ को रामपुरमा सेवा केन्द्र विस्तार गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिेनाले जानकारी दिनुभयो ।

स्थानीय सरकारले प्रदान गर्ने सेवाप्रवाहमा सहज पहुँच पुग्न नसकेका क्षेत्रमा गाउँपालिकाले सेवा केन्द्र थप गरेको उहाँले बताउनुभयो । ‘‘थप गरिएका सेवा केन्द्रबाट तोकिएको दिनमा वडा कार्यालयबाट उपलब्ध हुने सवै प्रकारका सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ, अध्यक्ष तिमल्सिेनाले भन्नुभयो, ‘‘अव सेवाग्राहीले धाएर वडा कार्यालयसम्म पुग्नु पर्दैन ।’’

घरदैलोमा सेवाप्रवाह पु¥याउदै नागरिकलाई वास्तविक रुपमा स्थानीय सरकारको भएको अनुभूति गराउने उद्देस्यसहित वडा कार्यालयबाट टाढा रहेका स्थानमा सेवा केन्द्रहरु थप गर्दै लगेको हो । गाउँपालिकाले वडा नम्बर २ मा पशुपति प्रजा प्रा.विको भवन, वडा नम्बर ६ मा भैरवी कृषि सहकारी संस्थाको भवन र वडा नम्बर ५ मा स्मरण युवाक्लबको भवनबाट सेवा केन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष तिमल्सिेनाले बताउनुभयो ।

‘‘जनता टाढासम्म धाएर सेवा लिन जानुपर्ने बाध्यताको अन्त्य गर्दै जाने र जनताको घर दैलोमा सेवा पु¥याउनुपर्छ भन्ने हाम्रो अवधारणा हो, उहाँले भन्नुभयो, ‘‘यसले मात्र जनतामा वास्तविक स्थानीय सरकारको अनुभूति गराउँदछ ।’’

यी दुई स्थान र आसपासका सेवाग्राहीलाई यसअघि वडा नम्बर २ को ताङलिचोक, वडा नम्बर ६ को भुम्लिचोक र वडा नम्बर ५ को दर्वुङ रहेका वडा कार्यालयबाट सेवा लिन धाएरै जानुपर्ने बाध्यता रहँदै आएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology