Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

 गोरखा अस्पतालमा प्रबेशद्धारा तथा लिफ्टको शुभारम्भ


1.7K
Shares

 गोरखा अस्पतालमा प्रबेशद्धारा तथा लिफ्टको शुभारम्भ

गोरखा, १५ भदौ । गोरखा जिल्लाको एक मात्र सरकारी अस्पताल गोरखा अस्पतालमा प्रबेशद्धारा तथा लिफ्टको शुभारम्भ भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री शुरेन्द्रराज पाण्डेले आज एक कार्यक्रमका बिच प्रबेशद्धारा तथा लिफ्टको शुभारम्भ गर्नुभएको अस्पतालमा मेडिकल सुपरिटेन्डेड डाक्टर शिर्दाथ खनाल जानकारीदिनुभयो ।

भूकम्पपछि पुनःनिर्माण गरिएको सुविधा सम्पन्न उक्त अस्पतालमा बहु विशेषज्ञ सेवाको सुनिश्चितता र निरन्तरता दिईदै आएको उहाँले बताउनुभएको छ ।

दैनिक रुपामा आउने बिरामी अशाहायहरुलाई अस्पतालको सिडिबाटो बाट आउजाउ गर्नकोलागी समस्या हुने भएकोे हुनाले प्रदेश सरकारको सहयोगमा गोरखा अस्पतालमा लिफ्ट प्रयोगमा ल्याएका हौँ । गोरखा अस्पताल गोरखामा दैनिक १५ सय जना भन्दा धेरै बिरामीहरु उपचारको लागी आउने गर्दछन्, उहाँले भन्नुभयो, ‘‘ बिरामीको स्वास्थ्य अबस्थालाई ध्यानमा राखेर अस्पतालले प्रबेशद्धारा तथा लिफ्टलाई प्रयोगमा ल्याएको हो । ” अस्पतालमा आउने बिरामी सबै प्रकारका हुन्छन् कोही धनी कोही गरीब उनिहरुको रोग त एकै प्रकारका हुन्छन् त्यसैले डाक्टरहरुले अस्पतालमा आउने सबै बिरामीलाई समान ब्यबहार गरी उपचार सेवा प्रबाह गर्न मुख्यमन्त्री पाण्डेले आग्रह गर्नुभएको छ ।

अस्पतालका लागी आबश्यक पर्ने उपकरण तथा दक्षजनशक्ति विशेषज्ञ चिकित्सकलगायत अन्य जनशक्ति, उपकरण र तालिमको व्यवस्था गरी चिकित्सकीय सेवा र सुविधा प्रदान गर्नुपर्ने गण्डकी प्रदेशका पुर्ब समाजिक तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले बताउनुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे, गण्डकी प्रदेशका पुर्ब समाजिक तथा स्वास्थ्य मन्त्री सुशिला, गण्डकी प्रदेशका संंसद नन्नद प्रशाद न्यौपााने, अस्पताल ब्यबस्थापनका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology