Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाकी तामाङ मस्र्याङदी नदीमा मृत फेला


2.6K
Shares

गोरखाकी तामाङ मस्र्याङदी नदीमा मृत फेला

गोरखा, १२ भदौ । गोरखा च्याङलीकी १ जना नाबालिका मस्र्याङदी नदीमा मृत फेला परेकी छिन् । मृतक नाबालिका पालुङटार नगरपालिका–७ च्याङलीकी १५ बर्षिया समिना तामाङ भएको लमजुङ प्रहरीले पुष्टी गरेको हो ।

उनको मृत शरिर लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका–९ फुलबारी स्थित मस्र्याङदी नदी किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय लमजुङको बेशिसहर नगरपालिका–३ रानीकुवा बस्दै आएकी तामाङको मृत्यु सम्वन्धमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । मृत्तक समिना रामचन्द्र कुमालको छोरी भएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology