गोरखा, ८ भदौ । लुदी दामगाडे सामुदायिक वनले आधुनिक प्रविधिको मेसिन प्रयोग गरी टपरी उद्योग सञ्चालन गर्ने भएको छ । खेर गएको सालको पातको उपयोग गर्दै आधुनिक प्रबिधिको प्रयोग गरेर लुदी दामगाडे सामुदायिक वनले टपरी उत्पादन गर्न लागेको हो ।
टपरी उत्पादनको लागी गोरखा नगरपालिकाले मेसिन खरिद गरेर उपलब्ध गराएको हो । गोरखा नगरपालिका–८ फिरफिरेडाँडाका महिलालाई उद्यमी बनाउन सहयोग पु¥याउने उेद्दस्यले लुदी दामगाडे सामुदायिक वनले टपरी उत्पादन गर्न लागेको हो । गोरखा नगरपालिका –८, मा रहेको लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समुहमा आबद्ध १४ वटा समुहका महिलाहरु टपरी उत्पादनमा सहभागी हुने वडा अध्यक्ष ऋषि खत्रीले बताउनुभएको छ । फुर्सदको समयमा महिला दिदीबहिनीहरूले नजिकै रहेको जङ्गलबाट सालको पात, बाँसको सिन्का बनाउने कामले पनि महिला दिदीबहिनीहरूलाई थप हौसला मिल्ने विश्वास लिइएको लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हरिभक्त कट्टेलले बताउनुभयो ।
गाउँमा रहेका बेरोजगार महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले पनि मेसिन खरिद गरि वडालाई दिएको उहाँको भनाई छ । अहिले गाउँघरका प्रत्येक घर घरमा विवाह, व्रतबन्ध, पाश्नी, पूजापाठ, मेला महोत्सवमा जताजाँदा पनि बाहिरबाट ल्याइएका प्लास्टिक भाडाहरू व्यापक प्रयोग भएको पाइएको छ ।
प्लास्टिकका भाडाहरूलाई बिस्थापित गरी स्थानीय स्तरमा खेर गइरहेको सालको पातलाई प्रयोगमा ल्याई वडाका महिलाहरुको आयआर्जन बृद्धि गर्नका लागि उद्योगमले सहयोग पुग्ने बिस्वास गोरखा नगरपालिकाले लिएको छ । ‘‘प्लास्टिकका भाडावर्तन प्रयोगले वातावरण प्रदुषण तथा मानव स्वास्थमा पनि प्रत्यक्ष अप्रत्यक्ष असर परीरहेको हुन्छ, उहाँले भन्नुभयो ‘‘यसको न्युनीकरणका लागि समेत सालका पातबाट सामाग्री उत्पादन तथा प्रयोगमा प्रोत्साहन गर्नु जरुरी छ ।’’
साुमदायिक बनलाई गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले आज एक कार्यक्रमका बिच मेसिन हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष खत्री, लुदी दामगाडे सामुदायिक वनका पूर्वअध्यक्ष रमेश रमण खनाल, वन समुहमा अन्य पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।