Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

तनहुँ बस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव वायुसेनाको विमानबाट भारत लगिँदै


2.2K
Shares

तनहुँ बस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव वायुसेनाको विमानबाट भारत लगिँदै

तनहुँ, ८ भदौ । तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै शुक्रवार बिहान भएको बस दुर्घटना ज्यान गुमाएका २७ जना भारतीय नागरिकहरूको शव चितवनबाट भारततर्फ लगिँदै छ ।

उक्त दुर्घटनामा परेर २७ जनाको मृत्यु र १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा ज्यान गुमाएका २७ जनाको शव पोस्टमोर्टमका लागि चितवनस्थित भरतपुर अस्पताल पुर्‍याइएको थियो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार गम्भीर अवस्थामा रहेका १६ घाइतेलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाण्डू पठाइएको थियो ।

भारतको युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । मृतकहरूको शव परीक्षण भइरहेको चितवन पनि उनी शनिवार अपराह्न पुगेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology