Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

ऐना पहरा बस दुर्घटना अपडेट :२७ जनाको मृत्यु १६ जना घाईते, उद्वार कार्य सकियो


3.5K
Shares

ऐना पहरा बस दुर्घटना अपडेट :२७ जनाको मृत्यु १६ जना घाईते, उद्वार कार्य सकियो

गोरखा, ७ भदौ । आँबुखैरेनीको ऐना पहरा नजिकै भएको भारतीय बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । १६ जनाको जिवितै उद्वार गरी उपचारकोलागि राजधानीको टिचिङ अस्पताल लगिएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ को ऐना पहरामा नजिकै पोखरा देखी काडमाडौं तर्फ जादै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटना हुदा परी २७ जनाको मृत्यु भएको शसस्त्र प्रहरी बल नेपालका सहप्रबक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार १६ जनाको उद्वार गरी राजधानीको टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।

उक्त बसमा चालक १, सहचालक १ जना र यात्रु ४१ जनागरी कुल ४३ जना सवार थिए । सहप्रबक्ता थापाका अनुसार उद्वार कार्य सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology