Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाको सिरानचोकमा बन्यो राधाकृष्ण मन्दिर, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने


3.8K
Shares

गोरखाको सिरानचोकमा बन्यो राधाकृष्ण मन्दिर, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

गोरखा, ७ भदौ । गोरखाको सिरानचोक गाउँपालिकामा-५, स्थित छोप्राक फौदर गाउँमा निर्माण सम्पन्न भएको श्री राधाकृष्ण मन्दिरको श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर उद्घाटन गरिने भएको छ । सिरानचोक गाउँपालिकाको आर्थिक बर्ष २०७९/ ०८० मा बिनियोजन गरेको रु १० लाखसहित स्थानीयबासीको श्रमदानमा मन्दिर निर्माण सम्पन्न भएको हो ।

नवनिर्मित मन्दिरको उद्घाटनसंगै प्राण प्रतिष्ठा, भागवत वाचन, लक्ष्यदीप प्रज्वलन तथा पितृ उद्धार कार्यक्रम आयोजना गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका संयोजक शिवचन्द्र पोखरेलले जानकारी दिनुभयो । त्यस क्षेत्रकै पुरानो मन्दिरको रुपमा रहेको मन्दिरमा सोहि दिन श्री राधाकृष्णको मूर्ति थापना गरेर प्राण प्रातिष्ठा, भागवत कथा वाचन, हवन तथा लाख बत्ती प्रज्वलन कार्यक्रम समेत राखिएको छ।

गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे मन्दिरको समुद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । त्यस्तै धर्मगुरु वाचन प्रबिण भागवताचार्य पण्डित रामहरि सिग्देलबाट भागवत कथा वाचन गर्ने कार्यक्रम रहेको छ । मन्दिर वाहेक वरपरको संरचना निर्माणका लागि स्थानीय युवाहरुले चन्दा समेत संकलन गरेका थिए । अहिलेसम्म करिब २ लाख ५० हजार रुपैया सहयोग संकलन भइसकेको संयोजक पोखरेलले जानकारी दिनुभयो ।

संकलित रकम मुख्य र अन्य मुर्ती खरीद, मन्दिर ब्यबस्थापन तथा एकाहा लगाउन खर्च गरिनेछ । उद्घाटनको अवसरमा सञ्चालन गर्न लागिएको भागवत तथा कथा वाचन कार्यक्रममा सहभागी भएर पुण्यलाभ गर्न पनि समितिले सिरानचोकबासीलगायतका सवै जनसमुदायलाई हार्दिक अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology