गोरखा, ६ भदौ । गोरखामा करेन्ट लागेर दुई जना घाइते भएका छन् । गोरखा नगरपालिका वडा नम्बर –६ पाटेचौरस्थित निर्माणाधिन घरमा काम गर्ने क्रममा करेन्ट लागेर दुई जना घाइते भएका हुन् ।
गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २४ बर्षीय सुनिल मगर र भारत घर भई हाल गोरखा सदरमुकामको बस्दै आएका २८ बर्षीय अर्मन खान घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज दिउँसो करिव साढे १२ बजे निर्माणाधिन घरमा अल्मुनियमको काम गर्ने क्रममा फलामको रडले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छुन पुग्दा करेन्ट लागेको हो ।
दुबै जनालाई एपोलो अस्पतालमा उपचार गरीएको र मगरको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि भरतपुर मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रही कार्यलय गोरखाले जनाएको छ । खानको अबस्था भने सामान्य रहेको बताईएको छ ।