Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

युभेन्ट्सको सानदार सुरुआत


1.1K
Shares

युभेन्ट्सको सानदार सुरुआत

काठमाडौं, ४ भदौ । इटालियन सिरी ‘ए’ २०२४–२५ मा युभेन्ट्सले सानदार सुरुआत गरेको छ । युभेन्ट्सले सोमबार भएको ‘ए’ पहिलो खेलमा कोमोविरुद्ध ३–० सहज जितसहित नयाँ सिजनको सुरुआत गरेको हो ।

घरेलु मैदान एलिएन्ज रंगशालामा युभेन्ट्सलाई जित दिलाउन स्यामुयल एम्बान्गुला, टोमोथी वेह र एन्ड्रिय काम्बियसोले गोल गरे । २३औँ मिनेटमा एम्बान्गुलाको खेलमा युभेन्ट्सले अग्रता बनाएको थियो ।

पहिलो हाफको इन्ज्युरी समयमा वेहले गोल गरेपछि युभेन्ट्सले अग्रता दोब्बर बनायो । खेलको इन्ज्युरी समयमा काम्बियसोले तेस्रो गोल गरेपछि घरेलु समर्थकमाझ युभेन्ट्सले ३–० को सहज जित निश्चित गरेको हो ।

त्यसअघि, ४७औँ मिनेटमा युभेन्ट्सका डुसान भिलाहोभचिले गोल गरे पनि भिडियो असिस्टेन रेफ्री भारले त्यसलाई खारेज गरेको थियो । जितसँगै युभेन्ट्स तीन अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित कोमो पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology