Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मायोर्कासँग रोकियो रियाल


1.6K
Shares

मायोर्कासँग रोकियो रियाल

काठमाडौं, ३ भदौ । स्पेनिस ला लिगाको साविक विजेता रियाल मड्रिड नयाँ सिजनको पहिलो खेलमै रोकिएको छ । रियाल आइतबार भएको ला लिगाको आफ्नो पहिलो खेलमा मायोर्कासँग १–१ को बराबरीमा रोकिएको हो ।

स्टाडियो मायोर्का सन माइक्समा रियालले सुरुआती अग्रता बनाए पनि त्यसलाई कायम राख्न सकेन । १३औँ मिनेटमा भिनिसियस जुनियरको पासलाई सदुपयोग गर्दै रोड्रिगोले रियाललाई अग्रतामा राखेका थिए । तर, ५३औँ मिनेटमा भेदात मुरिकीले गोल गरेपछि घरेलु टिम मायोर्का खेलमा फर्किएको थियो ।

इन्ज्युरी समयमा फल्यान्ड मेन्डीले रातो कार्डको दर्शन गरेपछि रियाल १० खेलाडीमा समेटिएको थियो । रियाल एक अंकसहित तालिकाको १३औँ स्थानमा छ । एक अंककै मायोर्का नवौँ स्थानमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology