Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जिल्ला प्रशासन कार्यलय गोरखाद्धारा १ बर्षमा ५ करोड भन्दा बढी राजश्व सङ्ककलन


1.1K
Shares

जिल्ला प्रशासन कार्यलय गोरखाद्धारा १ बर्षमा ५ करोड भन्दा बढी राजश्व सङ्ककलन

गोरखा, २९ साउन । जिल्ला प्रशासन कार्यालय गोरखाले १ बर्षका अवधिमा विभिन्न शिर्षकमा ५ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयले हातहतियार नविकरणदेखी दण्ड, जरिवानाबाट उक्त रकम बरावरको राजश्व संकलन गरेको हो ।

िकार्यालयले आर्थिक बर्ष ०८०–०८१ मा ५ करोड १४ लाख ४ हजार ७९९ रुपैयाँ राजश्व संकलन गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार सबैभन्दा बढी राजश्व संकलन राहदानी शुल्कमा आम्दानी गरेको छ । राहदानीबाट मात्रै कार्यालयले ५ करोड ७ लाख ५६ हजार ५०० रुपैयाँ संकलन गरेको छ ।

कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार अन्य शिर्षकमा ८ लाख ५ हजार १५५ रुपैयाँ, न्यायिक दण्ड, जरिवाना र जफतबाट ४ लाख १९ हजार ४९७ रुपैयाँ र हातहतियार नविकरण दस्तुर बापत १ लाख ४४ हजार २७० रुपैयाँ राजश्व संकलन भएको देखिएको छ ।

त्यस्तैगरी, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ७० हजार ४३२ रुपैयाँ र परिक्षा शुल्क बापत १४ हजार १०० रुपैयाँ राजश्व संकलन भएको छ । कार्यालयले सो आर्थिक बर्षमा १२ हजार ४२९ जनाको ई–पासपोर्ट फारम संकलन गरेको जनाएको छ । त्यसका साथै कार्यालयले धरौटी तर्फ २ करोड २५ लाख ७२ हजार २७१ रुपैयाँ बाँकी रहेको पनि जनाएको छ ।

तथ्यांकमा उल्लेख गरिएको आधारमा धरौटी बाँकी शिर्षकमा १ करोढ ८६ लाख ६५ हजार ७६२ रुपैयाँ रहेको छ । सोही आर्थिक बर्षमा २६ लाख ५८ हजार २९ रुपैयाँ धरौटी प्राप्त भएकोमा १० लाख ५८ हजार ६४० रुपैयाँ फिर्ता गरेको पनि देखिन्छ । धरौटी सदरस्याहा १ लाख ८९ हजार ८४० रुपैयाँ हुदा १ करोड ८६ लाख ६५ हजार ७६२ रुपैयाँ धरौटी बाँकी रहेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology