गोरखा, २३ साउन । गोरखा जिल्ला भित्रका ११ वटै स्थानीय तहमा कार्यरत न्यायिक समितिका कर्मचारीहरुका लागि तिन दिने प्रशिक्षण हिजोदेखि सुरु भएको छ ।
जिल्ला अदालत गोरखाको सभाहलमा पालिका भित्रका न्यायिक समितिमा कार्यरत कर्मचारीका लागि न्यायिक समितिको काम, कतव्र्य अधिकार र जिम्मेवारीका बारेमा प्रशिक्षण सुरु भएको जिल्ला अदालत गोरखाका श्रेस्तेदार मदनराज भट्टराईले जानकारी दिनुभयो ।
आजदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम तीन दिनसम्म चल्नेछ । स्थानीय न्यायिक समितिमा उजुरी प्रशासक र कर्मचारी व्यवस्था रहेको हुन्छ, धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले भन्नुभयो, ‘‘उहाँहरुका लागि न्यायिक निरपणको काममा थप दक्षता हासिल गर्नका लागि तालिम सञ्चालन भएको हो ।’’
तालिम जिल्ला अदातल गोरखाका न्यायधीस शिवबहादुर रानाभाट, श्रेस्तेदार मदनराज भट्टराईलगायतले सहजीकरण गर्नुहुनेछ । तालिमको पहिलो दिन जिल्ला भित्रका ११ वटै स्थानीय तहका न्यायिक समितिका संयोजकहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभयो ।