साउन २१, गोरखा । गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा रिक्त रहेको रोजगार संयोजक पदमा रोजगारीको अवसर खुलेको छ ।
अस्थायी दरबन्दीमा छैठौं तह पदमा एक जना रोजगार संयोजक आवश्यक परेको पालिकाले जनाएको छ । रोजगार संयोजक पदमा जागिर खानका लागि कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने गाउँपालिकाले सार्बजनिक गरेको सुचनामा उल्लेख गरीएको छ ।
उमेर कम्तिमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने ब्यबस्था रहेको छ ।
