Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

ब्राउन सुगर सहित गोरखाका बयलकोटी काठमाडौंबाट पक्राउ


1.4K
Shares

ब्राउन सुगर सहित गोरखाका बयलकोटी काठमाडौंबाट पक्राउ

गोरखा, २० साउन । अवैध लागूऔषध सहित प्रहरीले गोरखा धावाका १ जना युवकलाई राजधानीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमसेनथापा गाउँपालिका–४ धावाका २८ बर्षिय सन्तोष बयलकोटी भएको प्रहरी प्रभाग गोंगबुले जानकारी दिएको हो ।

राजधानीको टोखा नगरपालिका–९ कुलान्त मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १२ मिलिग्राम सहित प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने बयलकोटीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरी प्रभाग गोंगबुले दिएको जानकारी अनुसार पक्राउ परेका बयलकोटीका सम्वन्धमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology