Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

सौन्दर्य कला ब्यवसायी संघ गोरखाको अध्यक्षमा श्रेष्ठ चयन


1.5K
Shares

सौन्दर्य कला ब्यवसायी संघ गोरखाको अध्यक्षमा श्रेष्ठ चयन

गोरखा, २० साउन । सौन्दर्य कला ब्यवसायी संघ गोरखाको हालै सम्पन्न अधिवेशनले अध्यक्षमा रोस्ता श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । गोरखा सदरमुकाममा भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा रिता श्रेष्ठ, सचिवमा सुस्मिता बयलकोटी र कोषाध्यक्षमा अनिता गुरुङलाइ चयन गरेको छ ।

११ सदस्यीय जिल्ला कार्य समितिको सदस्यहरुमा सबिना घले, रक्षा रावल, पूर्णिमा गुरुङ, आशा रोक्का, मुना श्रेष्ठ र सुश्मी शाक्य चयन भएका छन् । पछिल्लो समय सौन्दर्य प्रतिको आकर्षणका कारण सदरमुकाममा यस्ता पेशा अपनाउनेहरुको संख्या ह्वात्तै बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology