Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

७३ जिल्लामा भेटिए डेंगुका बिरामी


2.2K
Shares

७३ जिल्लामा भेटिए डेंगुका बिरामी

काठमाडौं, १० साउन । नेपालका ७३ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रया महाशाखाका अनुसार नेपालका ४ जिल्ला बाहेकका सबै जिल्लामा डेंगुका बिरामी फेला परेका छन् । हालसम्म मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा भने डेंगुका बिरामी फेला नपरेको महाशाखाले जनाएको छ ।

नेपालभर १ हजार ८ सय २५ डेंगु संक्रमित हुँदा सबैभन्दा बढी डेंगु संक्रमित बागमती र कोशी प्रदेशमा फेला परेका छन् । काठमाडौँमा २०९ जना, झापामा १२९ , चितवनमा ९३ र मकवानपुरमा ७४ जनामा हालसम्म डेंगु संक्रमित फेला परेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology