काठमाडौँ, १० साउन । सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २४ सय र चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो ।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार तेजाबी सुनको प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ थियो ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार एक हजार ७ सय ५० रुपैयाँ पुगेको छ ।