काठमाडौं, ९ साउन । त्रिभुवन विमानस्थल नजिकै विमान दुर्घटना भएको छ। दुर्घटनापछि अहिले उद्धार जारी छ । प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । यो संख्या बढ्न सक्ने अनुमान छ । विमानमा सवार अधिकांशको मृत्यु भएको आशंका छ ।
क्याप्टेनको भने जीवितै उद्धार गरेर अस्पताल लगिएको छ। आज बिहान करिब ११ बजे सौर्य एयरलाइान्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।