Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बारपाक सुलिकोट गाउँपालिकामा जेष्ठनागरिकलाई घरघरमै सामाजिक सुरक्षा भत्ता


2.2K
Shares

बारपाक सुलिकोट गाउँपालिकामा जेष्ठनागरिकलाई घरघरमै सामाजिक सुरक्षा भत्ता

गोरखा, ९ साउन । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्रका जेष्ठनागरिक, अशक्त तथा अपांङ्गता भएका व्यक्तिहरुलाई टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । पालिका भित्रका सवै वडामा गाउँपालिका, वडा र बैँङ्कका कर्मचारीसहितको टोली पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

गाउँपालिकाले तालिका बनाएर गाँउगाँउमै बैँकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको उहाँको भनाई छ । ‘‘बारपाक सुलिकोट भौगोलिक हिसावले पनि जटिलता भएको पालिका हो, अध्यक्ष भट्टले भन्नुभयो, ‘‘सामाजिक सुरक्षा भत्ताका लागि असाहाय, अपांङ्गता भएका तथा जेष्ठनागरिक बैँङ्कसम्म पुग्न कठिनाइ हुने भएकाले टोलटोलमै पुगेर वितरण गर्दै आएका छौ ।’’

सामाजिक सुरक्षा भत्ता बैँकमार्फत वितरण गर्नुपर्ने भएकोले गाउँपालिकाले बैँकसंग आवश्यक समन्वय गरी टोलटोलमा लाभग्राहीलाई बँैकिङ प्रक्रिया पूरा गरी भत्ता उपलब्ध गराउने गरेको उहाँको भनाई छ । टोलटोलबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि लाभग्राही पनि खुशी भएका छन् ।

भौगोलिक अवस्था अवस्थिती अनुसार गाउँपालिकाले समय तालिका बनाएर प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि टोली परिचालन गरेको छ । अहिले गाउँपालिकाको वडा नम्बर ४ स्थित सौरपानीबाट भत्ता वितरणको काम सुरु गरिएको उहाँले बताउनुभयो ।

 

‘‘बैँङ्कसम्म सुरक्षा भत्ताका लागि धाउनुपर्दा एकतर्फ हैरानी खेप्नुपर्ने र अर्कोतर्फ असक्त र असाहाय व्यक्तिले गाडी नै रिर्जभ गरेर आउजाउ गर्नुपर्दा खर्चिलो समेत हुने गरेको थियो, अध्यक्ष भट्टले भन्नुभयो, ‘‘जनतालाई घरघरमा स्थानीय सरकारको अनुभूति दिलाउन पनि गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत नै कार्यक्रम बनाएर टोलटोलमा पुगेर भत्ता वितरण गर्न थालेको हो ।’’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology