Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

धादिङको ज्यामिरेमा भएको सडक दुर्घटनामा परी गोरखाका थापाको मृत्यु


10.9K
Shares

धादिङको ज्यामिरेमा भएको सडक दुर्घटनामा परी गोरखाका थापाको मृत्यु

गोरखा, ८ साउन । धादिङको ज्यामिरेघाटमा भएको सडक दुर्घटनामा परी गोरखाका १ जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला गण्डकी गाउँपालिका–६ भूम्लिचोकका १६ बर्षिय मिलन थापा भएको धादिङ प्रहरीले पुष्टी गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार सोमबार साँझ धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० ज्यामिरेघाटस्थित सडकमा काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा‍.प्र ०६–००१ ख ३०६ नम्बरको हाइसले ठक्कर दिदा गंभिर घाईते भएका थिए ।

आँपचौर निवासी मिलनको राजमार्ग अस्पताल मलेखु हुँदै काठमाडौं बाँसघारीस्थित न्यूरो अस्पतालमा थप उपचारको क्रममा सोमबार राती मृत्यु भएको हो ।

ठक्कर दिने सवारी र त्यसका चालकलाई प्रहरीले घटना लगत्तै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology