Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

त्रिशूलीमा बेपत्ता यात्रुसहित दुई बस खोज्न भारतीय टोली नेपालमा


2.5K
Shares

त्रिशूलीमा बेपत्ता यात्रुसहित दुई बस खोज्न भारतीय टोली नेपालमा

काठमाडौं, ५ साउन । चितवनको सिमलतालमा पहिरोसहित त्रिशूलीमा बेपत्ता भएको दुई वटा बस र यात्रुको खोजी गर्न १२ भारतीय टोली शुक्रबार मध्यरातमा नेपाल आइपुगेका छन् ।

रुपन्देहीको बेलहिया नाका हुँदै राति १२ बजे ४ वटा गाडीसहित राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका विज्ञसहितको टोली नेपाल आइपुगेका हुन् । त्रिशूलीमा खसेका बस र यात्रुको खोजीका भारतीय उद्धार टोली नेपाल आएको हो । टोलीले उद्वारमा चाहिने उपकरण समेत लिएर आएका छन ।

गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा भारतका ती टोली राति १२ बजे बेलहिया नाका हुँदै नेपाल आएको हो । सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरले उनीहरुलाई स्वागत गरी भैरहवामा राखेको थियो ।

उनीहरु राति भैरहवामा बास बसेर बिहानै चितवनतर्फ प्रस्थान गरेका छन् । चितवनमा उद्धार गर्नका लागि टोली नेपाल आएका हुन् । सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय बेलहिया, भन्सार कार्यालय, अध्यागमन कार्यालयको समन्वयमा मध्यरातमै टोलीलाई स्वागत गरिएको थियो ।

खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । गृह मन्त्रालयको विपद् महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालका अनुसार ती टोली आजै घटना स्थल पुगी खोजी कार्य गर्ने छन् ।

राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका एक जना विज्ञसहित १२ जना रहेका छन् । उनीहरुले उद्धारकका लागि चाहिने डोरी, पानीभित्र प्रयोग हुने संचार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानीभित्र डिभाइडर, रेन कोट लगायतका आवश्यक सामाग्री र उपकरण लिएर आएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।

सिमलताल दुर्घटनाको आज नवौँ दिन भएको छ । अहिलेसम्म विभिन्न ठाउँमा गरी २३ वटा शव भेटिएको छ । दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३९ जना यात्रु र बसको अवस्था अज्ञात छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology