काठमाडौं, ५ साउन । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मत दिन ह्वीप जारी गरेको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी छ ।