चितवन, ३ साउन । भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा क्यान्सरको उपचार गराइ रहेका एकजना वृद्धको बिहीबार बिहान अस्पतालको तीनतला माथिबाट खसेर निधन भएको छ । उनी दृष्टिबिहीन पनि भएको चितवन प्रहरीले जनाएको छ ।
चितवन प्रहरीबाट प्राप्त जानकारी अनुसार नवलपरासी हुप्सेकोट गाउँपालिका(२ का ७६ वर्षीय बलबहादुर खाम्चा मगर पिसाब थैलीको क्यान्सरको उपचारका लागि बुधबार सो अस्पतालमा भर्ना भएका थिए ।
उनी आज बिहान पौने ११ बजेतिर अस्पतालको ए ब्लकको तेस्रो तलाको झ्यालबाट खसेर गम्भीर घाइते भएको चितवन प्रहरीका डीएसपी भेषराज रिजालले बताए । उपचारका क्रममा साढे ११ बजे तिर उनको सोही अस्पतालमा निधन भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।