Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

पुलमा बाढीले क्षति पु¥याएपछि गोरखा–आरुघाट सडकखण्ड अबरुद्ध


2K
Shares

पुलमा बाढीले क्षति पु¥याएपछि गोरखा–आरुघाट सडकखण्ड अबरुद्ध

गोरखा, ३ साउन । गोरखाको बेनिघाट–आरुघाट सडखण्ड अन्र्तगत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पु¥याएपछि सडक अबरुद्ध भएको छ । केहीदिनदेखि परेको अविरल बर्षासंगै आएको बाढीले पुलमा क्षति पु¥याएको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुलखोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रुपमा अबरुद्ध भएको उहाँले बताउनुभयो । गतबर्षमात्र निर्माण सम्पन्न भएको डाइभर्सन पुल एकबर्ष पुरा नहुँदै बाढीले क्षति पु¥याएको हो ।

भीषण बाढीले पुलको दायाँबायाँ रहेको ग्याविन वाल बगाएर लगेको छ । पुल भत्किएपछि बेनिघाट–आरुघाट सडकखण्डमा यातायात पूर्ण रुपमा ठप्प रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

‘‘सडक अबरुद्ध हुँदा काठमाडौँदेखि बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारी साधानहरु चल्न सकेका छैनन्, उहाँले भन्नुभयो, ‘‘सिमलटार, पिपलटार महादेवटारलगायतका तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आउजाउ गर्नसक्ने अवस्था समेत छैन् ।’’

बर्खाका बेला हरेकबर्ष यातायातका साधान सञ्चालनमा कठिनाई भोग्दै आएका त्यसक्षेत्रका बासिन्दालाई पुल बनेपछि निकै सहज हुँदै आएको थियो । पुलमा क्षति पुगेपछि सयौ यात्रुहरुले सास्ती खेप्नु परेको छ ।

‘‘पुलमा बाढीले क्षति पु¥याएकाले यातायात चल्नसक्ने अवस्था छैन, ‘‘स्थानीयबासी जीवन कुमालले भन्नुभयो, ‘‘अत्यावश्यक कामका लागि काठमाडौँ, चितवनलगायतका गन्तव्यसम्म पुग्न परे घुमेर सदरमुकाम हुँदै जानुपर्ने बाध्यता भएको छ ।’’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology