Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

सवारी चालक अनुमति पत्र किर्ते गरेको अभियोग नेपाली कारागार चलान


1.4K
Shares

सवारी चालक अनुमति पत्र किर्ते गरेको अभियोग नेपाली कारागार चलान

गोरखा, २ साउन । सवारी चालक किर्ते गरेको अभियोगमा जिल्ला अदालत गोरखाले कैद तथा जरिवाना तोकेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

फैसला कार्यान्व्यन बिशेष टोलीले गोरखा नगरपालिका वडा नम्बर १३ का राजु नेपालीलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्न कारगार चलान गरेको जिल्ला प्रहरी गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपालीलाई मंगलबार पक्राउ गरेको हो ।

उनलाई अदालतले सवारी चालक अनुमती पत्र किर्ते गरेको अभियोगमा ११ महिना १८ दिन कैदा तथा ५० रुपैया जरिवाना तोकेको थियो । अदालतको फैसलापछि नेपाल फरार हुँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology