Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा माछापोखरीमा डुवेर एक बालकको मृत्यु


2.7K
Shares

गोरखामा माछापोखरीमा डुवेर एक बालकको मृत्यु

गोरखा ३१ असार । गोरखामा पोखरीमा डुवेर आइतवार एक बालकको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, कालमाटा घर भएका १७ बर्षीय विपिन नेपालीको माछापोखरीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

माछापालनको लागि प्रयोग गरिदै आएको पोखरीमा दिउँसोको समयमा पाँचजना साथीसंगै पौडी खेल्नेक्रममा नेपालीको डुवेर मत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ, उहाँले भन्नुभयो, ‘‘प्रहरी घटनास्थलमा पुगेर मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याइएको थियो ।’’

मृतकको शव पोष्टमार्टमपछि अन्त्येष्टीका लागि आज परिवारलाई बुझाइएकोे डिएसपी श्रेष्ठले बताउनुभयो । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology